२० श्रावण २०८३, बुधबार | Wed Aug 5 2026

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ मा

काठमाडौं ।भिडियो शेयरिङ एप टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध परेको रिट निवेदनमा आज सोमवार सुनुवाइ नहुने भएको छ । न्यायाधीश कुमार चुँडालको एकल इजलासमा आज यो मुद्दाको पेसी तोकिएको भए पनि हेर्न नभ्याइने सूचीमा परेपछि सुनुवाइ नहुने भएको हो । न्यायाधीश चुँडालसहितको अर्को संयुक्त इजलास बसेपछि एकल इजलास नबस्ने हुँदा सुनुवाइ हुन नसकेको भएको हो…