काठमाडौँ ।नेपाल भ्रमणमा आएकी राजनीतिक मामिलासम्बन्धी अमेरिकी उपविदेशमन्त्री भिक्टोरिया नुल्यान्डले सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेर तीन विषय उठाएकी छन्। उनले उक्त भेटका क्रममा अमेरिकालाई नेपालले प्राथमिकता दिनुपर्ने, कतिपय विश्वराजनीतिक विषयमा साथ दिनुपर्ने कुरा राखेकी छन्। त्यसैगरी उनले नेपालको शान्ति प्रक्रियाप्रति पनि चासो राखेकी छन्। यो भेटका क्रममा यी तीन विषयबाहेक नेपालको विकास निर्माणमा आर्थिक…