३० श्रावण २०८३, शनिबार | Sat Aug 15 2026

काठमाण्डौमा टिप्परको ठक्करबाट दुई बालिकाको ज्यान गयो, बुवा गम्भीर घाइते

काठमाण्डौ । काठमाण्डौको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलमा टिप्परको ठक्करबाट दुई बालिकाको ज्यान गएको छ । बालिकाका बुवा गम्भीर घाइते भएका छन् । बिहान पौने ८ बजेतिर बा ५१ प ८७३३ नम्बरको मोटरसाइकलमा स्कूल जाँदै गरेका बेला उनीहरुलाई बा ४ ख ६९६५ नम्बरको टिप्परले ठक्कर दिएको प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक सुरज खड्काले जानकारी दिनुभयो । उहाँकाअनुसार…