बुटवल ।लुम्बिनी प्रदेशका प्रमुख धर्मनाथ यादवले आर्थिक वर्ष २०७८।०७९ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेशसभामा प्रस्तुत गरेका छन् । नीति तथा कार्यक्रममा नेपाल पर्यटन बोर्डसँग समन्वय गरी नयाँ पर्यटकीय उपजसहितको पर्यटन विकास कार्यक्रम तयार गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसारका माध्यमबाट प्रदेशमा परिमाणात्मक तथा गुणात्मक रूपमा पर्यटक आकर्षण गर्ने नीति लिइनेमा जोड दिइएको छ ।…