दाङ । दाङमा शर्पदंशबाट एक किशोरीको मृत्यु भएको छ । जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ मोतिपुर निवासी १७ वर्षीया प्रमिला यादवको शर्पदंशबाट मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार यादवलाई मंगलबार बिहान ६ बजेतिर घरको आँगनमा शर्पले डसेको थियो। यादवलाई उपचारको लागि कपिलवस्तु लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले बताएको छ।