काठमाण्डाै । नवनियुक्त प्रधानमन्त्री बालेन (बालेन्द्र) शाहले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज भएको एक कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले शाहलाई दिउँसाे १२ बजेर ३४ मिनेटमा शपथ गराउनुभएको हो । शाह आजै प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो । राष्ट्रपति पौडेलले शाहलाई नेपालको संविधानको धारा ७ को उपधारा १ बमोजिम नियुक्त गर्नुभएको छ ।…