कपिलवस्तु ।जिल्ला प्रशासन कार्यालय कपिलवस्तुबाट गैरआवासीय नागरिकता दिन सुरु गरिएको छ। मंगलबार पहिलोपटक गैरआवासीय नागरिकता प्रमाणपत्र प्रदान गरिएको छ। नेपाली नागरिकता त्यागेर १३ वर्षदेखि क्यानडा बस्दै आएका कपिलवस्तुको कृष्णनगर नगरपालिका २ का नितेश श्रेष्ठलाई गैरआवासीय नागरिकता प्रदान गरिएको हो। ‘नेपाली नागरिकता पहिलो संशोधन ऐन २०६९’अनुसार श्रेष्ठलाई गैरआवासीय नागरिकताको प्रमाणपत्र प्रदान गरिएको प्रजिअ शंकरहरि आचार्यले बताए।…