१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

बाणगंगाका शैक्षिक संस्थामा आज विदा



मायादेवी अनलाइन, बाणगंगा ।

बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा बाणगंगा नगरको समीप बुद्ध रंगशालामा आयोजित महोत्सव अवलोकन गर्नका लागि बाणगंगा नगरपालिकाले सबै शैक्षिक संस्था बन्द गर्न सूचना जारी गरेको छ । विद्यार्थीले महोत्सव अवलोकन गर्नका लागि २७ गते बुधबार स्थानीय विदा दिइएको बाणगंगा नगरद्वारा प्रकाशित सूचनामा उल्लेख छ ।

१४ औ कपिलवस्तु महोत्सवको मुल आयोजक समितिको अनुरोध र सो महोत्सव कार्यक्रममा विद्यार्थीहरुको क्षमता पहिचान सम्बन्धी प्रतियोगिताको आयोजना गरिएकोले प्रतियोगी सबै विद्यार्थी भाईबैनीहरुलाई हौसला प्रदान गर्न सामुदायिक विद्यालयहरुले नियमानुसार पाउने वर्षे वा हिउँदे विदा दिन ४५ वाट कट्टा गरी ३ दिन विदा नगरले विभिन्न मेला महोत्सवमा दिने गरी राखिएकोमा मंसिर २७ गतेका लागि नगरका सबै शैक्षिक संस्थाहरुले वालवालिकाहरुका लागि अध्ययन अवलोकन कार्यको लागि विद्यालयहरु बन्द गर्नु हुन सूचना प्रकाशित गरिएको बाणगंगाका शिक्षा शाखा प्रमुख खिम बहादुर जिसीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

कपिलवस्तुको प्रचार प्रसार, सामाजिक, आर्थिक, कला संस्कृति, कृषि, उद्योग र व्यापार क्षेत्रको संरक्षण र प्रवद्र्धन गर्न वि।सं। २०६५ बाट सुरु गरिएको कपिलवस्तु महोत्सवको महत्वपूर्ण योगदान रहेको चौथो पटक महोत्सवको संयोजक रहेका १४ औं कपिलवस्तु महोत्सवका संयोजक राजकुमार खाँणले बताए । कपिलवस्तुका अन्य क्षेत्रमा हुने महोत्सव भन्दा बाणगंगामा हुने महोत्सवलाई विशेष रुपमा लिने हुँदा पनि बाणगंगाका शैक्षिक संस्थामा दिइने विदा उपयुक्त रहेको खाँणले बताए ।

१४ औं संस्करणसम्म आइपुग्दा कपिलवस्तु महोत्सव कृषि पर्यटन तथा औद्योगिक प्रदर्शनी जिल्लाको पहिचान बन्न सफल भएकोले पनि नगरको शैक्षिक संस्थाका लागि दिइएको विदा उपयुक्त भएको महोत्सवका निर्देशक बुद्धिबहादुर रोकाहाले बताए ।

महोत्सवका शिक्षा समन्वय उप समिति संयोजक बासुदेव घिमिरेले महोत्सव बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने थलो भएको र महोत्सवमा विभिन्न शैक्षिक कार्यक्रमहरु आयोजना गरिएको र महोत्सवमा विगतका वर्षहरुमा बाणगंगा नगरले निरन्तरता दिँदै आएको विदालाई निरन्तरता दिनु उपयुक्त रहेको बताए ।

महोत्सवमा विशेष गरी कक्षा ५ देखि माथिका किशोर किशोरीहरुलाई लक्षित गरी अध्यात्मिक गुरु डा. चिन्तामणिनाथ योगी अमेरिकी सिनेटलाई सम्बोधन गर्ने पहिलो नेपाली २१ औं शताब्दी सुहाउँदो प्रविधि सम्बन्धी १ दिने उत्प्रेरणात्मक प्रवचन, अनुभव बारेमा प्रवचन दिने कार्यक्रम समेत आयोजना गरिने भएकाले नगरले शैक्षिक संस्थाका लागि विदा दिनु सान्दर्भिक रहेको मिडिया परिचालन उप–समिति संयोजक कृष्ण प्रसाद पौडेलले बताए । पौडेलले महोत्सव बाणगंगा वासीमात्र नभएर कपिलस्तुवासीको साझा पर्व भएकोले सफल पार्न सहयोग गर्नु सबैको कतव्र्य हुने तर्क गरे ।

प्रकाशित मिति : २७ मंसिर २०८० बुधबार ००:००  ९ : ३० बजे