१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

कपिलवस्तुमा महोत्सवमा आज गायक प्रमोद खरेलको प्रस्तुति रहने



मायादेवी अनलाइन, बाणगंगा ।
बाणगंगा वेयलफेयर सोसाइटीको आयोजनामा गत मंसिर २१ गतेदेखि जारी महोत्सवको सातौँ दिन चर्चीत तथा सबैका लोकप्रिय गायक प्रमोद खरेल लगायतका कलाकारले दर्शकहरुलाई नचाउने भएका छन् ।

खरेल नेपाली चर्चित आधुनिक गायक हुन् । उनी नेपालको वर्तमान सङ्गीत क्षेत्रका एक बहुप्रतिभाशाली गायकको रूपमा परिचित छन् । खरेलले हालसम्म विभिन्न किसिमका २ हजार भन्दा बढी गीतहरू रेकर्ड गरिसकेका छन् ।

बुधबार महोत्सवमा बहु चर्चित गायक खरेलसँगै राजु गुरुङ, सपना गाहा, दीपक दर्लामी लगायत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुती रहने महोत्सवका संयोजक राजकुमार खाँणले जानकारी दिए । खाँणले महोत्सवको आकर्षक १२ औं कपिलवस्तु डान्स आइडलका टप ८ प्रतियोगीहरुको समेत बेजोड प्रस्तुती रहने बताए ।

महोत्सवका छैठौँ दिन अर्थात मंगलबार ७ हजार बढी दर्शकहरुले महोत्सवको अवलोकन गरेको महोत्सवका निर्देशक बुद्धि बहादुर रोकाहा दिनेशले जानकारी दिए । रोकाहाले महोत्सवमा करिब २० लाख बढीको आर्थिक कारोबार भएको बताए । रोकाहाले महोत्सवमा दर्शकहरुको न्यानो माया र साथ थप पाउँदै गएको बताए ।

यस्तै महोत्सवको मंगलबार चर्चित गायिका शान्तिश्री परियार, रचना रिमाल, अलिफ खान, नारायण विपी परियार लगायतको बेजोड प्रस्तुतीसँगै बुद्ध रंगशाला तातेसँगै दर्शकहरु झुमेका थिए । महोत्सवमा १२ औं कपिलवस्तु डान्स आइडलको समेत बेजोड प्रस्तुती रहेको र समयरा चौधरी बाहिरिएको १२ औं कपिलवस्तु डान्स आइडल संयोजक खड्क बहादुर क्षेत्रीले जानकारी दिए ।

१२ औं कपिलवस्तु डान्स आइडलको उपाधि हात पार्नेले १ लाख २१ हजार १ सय २१ रुपैयाँसहित चाँदीको टोपी, द्वितीय हुनेलाई ७७ हजार ७ सय ७७, तृतीयलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सान्तवनालाई समेत पुरस्कारको व्यवस्था गरिएको क्षेत्रीले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०८० बुधबार ००:००  ९ : ३५ बजे