गुल्मी ।रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका छन् । मंसिर ७ गते परेको हरिबोधनी एकादशीको अवरसमा २ वटा स्थनी तहले सार्वजनिक बिदा दिने निर्णय गरेका हुन् । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै रेसुङ्गामा ठुलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय उल्लेख गरेका…