भरतपुर ।दशैं बिदाका समयमा चितवनको पर्यटकीय नगरी सौराहाका होटल भरिभराउ भएका छन् । दशैंअघि सुनसान रहेका होटल दशैंपछि भरिभराउ भएपछि व्यवसायी उत्साहित भएका छन् । सौराहामा आन्तरिकसँगै भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आएका छन् । दशैं सुरु भएपछि अधिकांश होटल पर्यटकले भरिएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल संघ चितवन सौराहाका अध्यक्ष नरेश गिरीले…