२१ फाल्गुन २०८०, सोमबार | Mon Mar 4 2024

आज राति लाग्ने खण्डग्रास चन्द्रग्रहणलाई देशका सबै भागबाट देख्न सकिने



काठमाडौं ।
आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार राति १ बजेर १९ मिनेटमा स्पर्श हुने चन्द्रग्रहणको सुतक दिउँसो ४ बजेर १९ मिनेटदेखि शुरु हुनेछ । राति २ बजेर ३८ मिनेटमा ग्रहणको मोक्ष अर्थात् ग्रहण समाप्त हुने समितिले जनाएको छ ।

बीपी कोइराला मेमोरियल प्लानेटोरियम तथा अब्जरभेटरी तथा विज्ञान सङ्ग्रहालयका अनुसार यो खण्डग्रास चन्द्रग्रहण नेपालका सबै भागबाट देख्न सकिनेछ । यस्तै, एसिया, युरोप र अफ्रिकाका सबै भागबाट र अस्ट्रेलिया तथा उत्तर र दक्षिण अमेरिकाका केही ठाउँबाट पनि ग्रहण देखिनेछ ।

यो चन्द्रग्रहण यस वर्ष अर्थात् २०८० मा लाग्ने एउटै ग्रहण हो । गएको वर्ष कात्तिक ८ गते सूर्यग्रहण र २२ गते चन्द्रग्रहण लागेको थियो । सूर्यग्रहण औँसी र चन्द्रग्रहण पूर्णिमामा लाग्ने गर्छ ।

प्रकाशित मिति : ११ कार्तिक २०८० शनिबार ००:००  ७ : २० बजे