काठमाडौँ ।नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको पाँचौँ बैठकमा पार्टी अध्यक्ष माधव कुमार नेपालले आफ्नो राजनीतिक प्रतिवेदन पेस गरेका छन् । अध्यक्ष नेपालको प्रतिवेदनमा संसद्भित्र रहेका राजनीतिक दलहरूको चरित्रको बारेमा पनि व्याख्या गरिएको छ । अहिले मुलुकको राजनीतिक रङ्गमञ्चमा विभिन्न खाले राजनीतिक दर्शन, सिद्धान्त, विचार र दृष्टिकोण अँगालेका र विभिन्न चरित्र भएका राजनीतिक शक्तिहरू क्रियाशील रहेको…