२० फाल्गुन २०८२, बुधबार | Thu Mar 5 2026

बुद्धभूमिको कार्यपालिका सदस्य निर्वाचनमा कांग्रेसको प्यानल नै विजयी

कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिकामा सम्पन्न नगर कार्यपालिकाको सदस्य निर्वाचनमा नेपाली कांग्रेसको प्यानलै विजयी भएको छ । बुधबार सम्पन्न निर्वाचनमा कांग्रेसका ८ जना उम्मेदवार नै विजयी भएका हुन् । यसरी निर्वाचित हुनेहरुमा कमलेश बढई, तारादेवी सुनार, प्रभावती लोहार, कमला चौधरी, शिवानी चौधरी, बिमला देवी कुर्मी, अनिता देवी यादव र अनिता कुमारी पासी छ्न् ।