मायादेवी अनलाइन, चारनम्बर ।अनियमित विद्युत कटौतीको मारमा कपिलवस्तुबासी परेका छन् । साउन महिनाको चर्को गर्मीले जनजीवन प्रभावित भएको बेला अनियमित विद्युत कटौतीले जिल्लाबासी झनै हैरानी खेप्न बाध्य भएका छन् । घोषित रुपमा लोडसेडिङ नभएको भएपनि जिल्लामा अनियमित विद्युत कटौती हुँदै आएको छ । पछिल्लो केही दिन यता घण्टा घण्टामा विद्युत जाने आउने गरेको छ ।…