मायादेवी अनलाइन, जितपुर । कपिलवस्तु वाणगंगा नगरपालिका स्थित चप्परगाउँमा भएको मोटरसाइकल दुर्घटनामा २ जना घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार दिउँसो मोटरसाइकल र ट्याक्टर एकआपसमा ठक्कर खाएका थिए । पुर्वबाट पश्चिमका लागि छुटेको बागमती प्रदेश ०२ ०२५ प १०२६ नम्बरको मोटरसाईकल र विपरित दिशाबाट आइरहेको लु ३ त ४७०१ नम्बरको ट्याक्टर एकआपसमा ठोक्किएका हुन्…