७ चैत्र २०८२, शनिबार | Sun Mar 22 2026

एकीकृत समाजवादी पार्टी कपिलवस्तुद्धारा जनै पूर्णिमा तथा रक्षा बन्धनको शुभकामना



मायादेवी अनलाइन, चारनम्बर ।

नेकपा (एकीकृत समाजवादी) पार्टी कपिलवस्तुद्धारा हिन्दु धर्मावलम्बीको महत्वपूर्ण पर्व जनै पूर्णिमा तथा रक्षाबन्धन पर्वको अवसरमा शुभकामना व्यक्त गरेको छ ।

पार्टीका जिल्ला संयोजक लंका बहादुर हमालले एक वक्तव्य जारी गर्दै पर्व अवसरमा जिल्ला तथा देशविदेशमा रहनुभएका सम्पूर्ण नेपाली आमाबुवा, दाजुभाई तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गर्नुभएको हो ।

संयोजक हमालद्धारा जारी वक्तव्यमा भनिएको छ, ‘पर्वले समाजमा देखिने जातीय तथा बर्गीय विभेदहरुको अन्त्यसंगै देश समृद्धिको दिशामा आगाडी बढोस भन्ने नेपाली जनताको आशा र भरोसालाई थप प्रेरणा र उर्जा दिन सकोस भन्ने शुभेच्छा व्यक्त गर्दछौं ।’

नेपालको राजनीति अस्थिरताको अन्त्य होस भन्ने नेपाली जनताको लामो चाहना भएपनि देशको संविधान मास्ने, पार्टीको विधान नमाल्ने क्रम बढ्न थालेको भन्दै यस्ता हर्कत विरुद्ध सबैले आ–आफ्नो ठाउँबाट खबरदारी गर्नुपर्नेमा वक्तव्यमा जोड दिइएको छ । कानुनी राज्यको पालनाले मात्र देशमा शान्ति र अमनचयन स्थापना हुने पार्टीको जनाएको छ ।

कोभिड १९ को जोखिम गाउँ, समाजमा कायम रहेको भन्दै सरकारले जारी गरेको स्वास्थ्य मापदण्डको पालना गरी पर्व मनाउन पनि वक्तव्य मार्फत आग्रह गरिएको छ ।

प्रकाशित मिति : ६ भदौ २०७८ आइतबार ००:००  ६ : २२ बजे