२० मंसिर २०८२, शनिबार | Sun Dec 7 2025

कपिलवस्तुमा हेल्थ केयर पत्रकार समाज गठन, अध्यक्षमा चापागाई



मायादेवी अनलाइन, तौलिहवा ।
कपिलवस्तुमा हेल्थ केयर पत्रकार समाज गठन भएको छ । स्वास्थ्य क्षेत्रमा कलम चलाई समाजलाई अगाडी बढाउने उद्देश्यले तौलिहवामा शनिबार भएको एक कार्यक्रमका बीच खगप्रसाद चापागाईको अध्यक्षतामा ११ सदस्यिय हेल्थ केयर पत्रकार समाज कपिलवस्तु गठन गरिएको हो ।

जसको उपाध्यक्षमा दीपा महत, सचिवमा अर्जुन बेलबासे, सह सचिवमा हरि आचार्य र कोषाध्यक्षमा नारद कोहार चयन हुनु भएको छ । त्यस्तै सदस्यहरुमा मधव बेलबासे, राजेश चौधरी, बबुराम रायमाझी, विनोद अधिकारी, गुलाम अलि र रिता खनाल रहनुभएको छ ।

समाजको सल्लाहकारमा मनोज पौडल, भेषराज पाण्डे, गोपाल भण्डारी, किरणमान बज्राचार्य, रमेश मिश्रा, डिलाराम भुसाल र मनिष कार्की चयन हुनुभएको छ ।

कार्यक्रम हेल्थ केयर पत्रकार समाजका केन्द्रीय महासचिव पदमराज जोशीको प्रमुख अतिथ्यतामा भएको हो ।

प्रकाशित मिति : ५ भदौ २०७८ शनिबार ००:००  ९ : ०२ बजे