कपिलवस्तु । कोरोना संक्रमणको महामारी बीच अस्ताउदो सुर्यलाई अर्घ दिदै कपिलवस्तुमा पनि हर्षोल्लासका साथ शुक्रवार छठ पर्व मनाईएको छ । कपिलवस्तु नगरपालिका– १ चपरतल्ला स्थित सझीया घाटकारुपमा रहेको जमुहार नदी, बाणगंगा नदीको रामघाटमा छठी माताको पुजाआजा गर्दै यो पर्व मनाईएको हो । यस्तै कृष्णनगर, बहादुरगंज लगायतका स्थानमा रहेको पोखरीमा समेत भक्तजनहरुले सुर्यको बिशेष पुजापठा गरी…