मायादेवी अनलाइन, चार नम्बर । कपिलवस्तुको वाणगंगा नगरपालिकाका प्रधानाध्यापकले नगरपालिकासंग कार्यसम्पादन सम्झौता गरेका छन् । गजेहडास्थित स्रोत केन्द्रको भवनमा शुक्रबार एक कार्यक्रमका बीच प्रधानाध्यापकले नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाका उप-सचिव बाबुराम भट्टराईसंग कार्यसम्पादन सम्झौता गरेका हुन् । कार्यक्रममा नगर उप-प्रमुख चक्रपाणि अर्यालको प्रमुख आतिथ्यता थियो । सम्झौता पत्रमा उल्लेखित ३१ बुँदेमा चालु शैक्षिकसस्त्रमा पूरा…