सुर्य लाइफ इन्स्योरेन्सद्धारा मृत्यु दाबी भुक्तानी


बाबुराम रायमाझी, जितपुर ।

सुर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी गरेको छ । वाणगंगा ८ निवासी स्वर्गीय अर्जुन बहादु्र खत्रीको मृत्यु दाबी एक कार्यक्रमकाबीच भुक्तानी गरेको हो ।

कार्यक्रम साना किसान कृषि सहकारी संस्था मोतिपुरको सभा हलमा भएको हो । श्रद्धाञ्जली सभामा मृतकको धर्मपत्नी मनरुपी न्यौपानेलाई साना किसान कृषि सहकारी संस्था मोतिपुर मार्फत मृत्यु दाबी भुक्तानी चेक कर्जा बापत २ लाख ५० हजार र क्रियाखर्च बापत २५ हजार गरी २ लाख ७५ हजार रुपैया हस्तान्त्ररण गरिएको हो ।

उक्त चेक रास्ट्रिय सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि बिमला घिमिरे, सुर्य लाइफ इन्स्योरेन्सका सहायक प्रबन्धक किरण गौतमले हस्तान्तरण गर्नुभएको थियो । सो श्रद्धाञ्जली सभामा साना किसान सहकारी मोतिपुरका अध्यक्ष भिम प्रसाद सापकोटाले नेपाल रास्ट्र बैंकको निति अनुसार सो बिमा गरिएको र संस्थाका शेयर सदस्यको राहतको लागि गरिएको बताउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय सभा सदस्य बिमला घिमिरेले जीवन बिमा जनताको राहतको लागि गरिने हुँदा संथालाइ धन्यवाद दिदै आफुले पनि आफ्नो ठाँउबाट सहयोग पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाले राज्यले संचालन गरेको स्वास्थ बिमामा सामेल हुन सबैमा आग्रह गर्नुभयो । कार्यक्रममा बरिस्ठ समाजसेवी कृष्ण पौडेल, साना किसान कृषि सहकारी संस्था मोतिपुरका प्रबन्धक शालिकराम पौडेल, पत्रकार बाबुराम रायमाझी, वडा सदस्य नाथु चौधरी, समाजसेवी शिबचन्द्र आचार्य लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण सुर्य लाइफ इन्स्योरेन्स ४ नम्बरका एरिया इन्चार्ज श्याम प्रसाद सुबेदिले गर्नुभएको हो ।

मायादेवी अनलाइन डटकम कपिलवस्तुको पहिलो अनलाइन डिजिटल पत्रिका हो । वि.सं. २०७४ साउन ७ गते देखि औपचारिक रुपमा सञ्चालनमा रहेको यो अनलाइनले मुलतः स्थानीय, प्रदेश, देश तथा विदेशका समाचार प्रकाशन गर्दै आएको छ । साथमा हामीले विचारहरु पनि पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागि सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद ।

प्रतिक्रिया दिनुहोस