२३ बैशाख २०८१, आइतबार | Sun May 5 2024

कपिलवस्तुमा बदेलको मासु सहित ३ जना पक्राउ



मायादेवी अनलाइन, जितपुर ।
कपिलवस्तुको बाणगंगा नगरपालिका– १० स्थिति पटनाको ठेकही भन्ने स्थानबाट ५५ किलो बदेलको मासुसहित ३ जना पक्राउ परेका छन । बदेललाई काटेर दुई मोटरसाइकलमा २ बोरामा राखेर बिक्रीका लागि लैजानेक्रममा प्रहरीले उनीहरुलाई पक्रेको हो ।

पक्राउ परेकाहरुमा शुद्धोधन गाउँपालिकाको हरनामपुरका हरि प्रसाद थारु र श्रवण कुमार चौधरी तथा बाणगंगा नगरपालिका-११ का छठीराम पासी रहेको जिल्ला वन कार्यालयका सूचना अधिकारी मदनमोहन स्याण्डिल्यले बताए ।

सुराकीका अधारमा प्रहरीले लु ३९ प ३४३० र युपी ५५ एबी २०२७ नम्बरको मोटरसाईलमा बदेलको मासुसहित उनीहरुलाई पक्रर डिभिजन वन कार्यालय पिपरा पठाएको थियो । पक्राउ परेकाहरुले आफुहरुले सो बदेल भारतीय ब्यापारीबाट चाकरचौडामा ७ हजार भारतीय रुपैयामा किनेर ल्याएको दाबी गरे ।

पक्राउ परेकाहरुमाथी बन्यजन्तु ऐन अनुसार कारबाही प्रकृया अघि बढाईएको स्याण्डिल्यले बताए । अदालतबाट कसुर ठहर भए ६ महिना कैद र २० हजार जरिवाना लाग्ने कानुनी प्रावधान छ । बरामद गरिएको मासुलाई स्थानीयबासी र पत्रकारको रोहोवरमा डिभिजन वन कार्यालयमा गाडेर नष्ट गरिएको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०७७ शुक्रबार ००:००  ६ : ०५ बजे