३० आश्विन २०८३, शुक्रबार | Fri Oct 16 2026

बुटवल-गोरुसिंगे सडक बिस्तारको काम सुरु

बुटवल । बुटवल- गोरूसिंगे सडक चार लेनमा बिस्तारको काम आज शुक्रबारदेखि सुरु भएको छ । बुटवलदेखि गोरूसिंगेसम्मको ५० किलोमिटर सडक स्तरोन्नतिको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट शिलान्यास गरेका हुन्। पहिलो चरणमा बुटवलदेखि गोरूसिंगेसम्मको सडक निर्माण भएपछि दोस्रो चरणमा गोरूसिंगेबाट चन्द्रौटासम्मको १९ किलोमिटर सडक निर्माणको काम अगाडि बढाइने छ। सडक शिलान्यासको क्रममा प्रधानमन्त्री ओलीले…