एजेन्सी । कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा फेरि लकडाउन गरिएको छ । त्यहाँको प्रशासनले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ । लकडाउनका कारण छङ्तु शहरका २ करोड भन्दा धेरै मानिस घरबाहिर निस्कन नपाउने भएका छन् । छङ्तुका हेल्थ कमिशन निर्देशक याङ चियोङले सङक्रमण दर तीव्र रुपमा फैलिरहेको र जोखिम उच्च…