१४ बैशाख २०८१, शुक्रबार | Fri Apr 26 2024

कोरोना कहरः चीनको छङ्तु शहरमा लकडाउन



एजेन्सी ।

कोरोनाको सङ्क्रमण बढेपछि चीनको छङ्तु शहरमा फेरि लकडाउन गरिएको छ । त्यहाँको प्रशासनले अति आवश्यक काम नपरेसम्म सर्वसाधारणलाई घरबाहिर ननिस्कन आग्रह गरेको छ ।

लकडाउनका कारण छङ्तु शहरका २ करोड भन्दा धेरै मानिस घरबाहिर निस्कन नपाउने भएका छन् । छङ्तुका हेल्थ कमिशन निर्देशक याङ चियोङले सङक्रमण दर तीव्र रुपमा फैलिरहेको र जोखिम उच्च रहेको बताउनुभएको छ । साथै जोखिम क्षेत्रहरु बढ्न थालेकाले खाना र सामान प्याकिङ गरेर लैजानेबाहेक अन्य गतिविधि बन्द गरिएको छ ।

छङ्तुमा पछिल्लो २४ घण्टामा १ सय ५६ जनामा कोरोना संङक्रमण पुष्टि भएको थियो । कोभिड शून्य सहनशीलताको नीति लिएको चीन सरकारले सामूहिक परीक्षणलाई तीव्र पारेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

प्रकाशित मिति : १७ भाद्र २०७९ शुक्रबार ००:००  २ : ०३ बजे