काठमाण्डौ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा मागेर नेपाल बार एसोसिएशनले आजदेखि आन्दोलन सुरु गरेको छ । आज पहिलो दिन कानुन व्यवसायीले बिहान एक घण्टा हातमा कालो पट्टी बाँधेर प्रदर्शन गरेका छन् । बारको नेतृत्वमा उनीहरुले बिहान १० बजेदेखि ११ बजेसम्म सर्वोच्च अदालतमा विरोध गरेका हुन् । बारले प्रधानन्यायाधीश जबराले न्यायपालिकाको गरिमा कायम राख्न नसकेको…