२१ बैशाख २०८१, शुक्रबार | Sat May 4 2024

T-20 विश्वकपः दक्षिण अफ्रीका र अष्ट्रेलियाको जित



काठमाडौं । आईसीसी टी-ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रीकाले दोस्रो जित निकालेको छ ।सारजाहमा शनिबार भएको रोमान्चक खेलमा श्रीलंकालाई ४ विकेटले हराउँदै दक्षिण अफ्रीकाले दोस्रो जित निकालेको हो ।

श्रीलंकाले दिएको १ सय ४३ रनको लक्ष्य दक्षिण अफ्रीकाले १९ ओभर ५ बलमा ६ विकेट गुमाएर पूरा गर्यो । दक्षिण अफ्रीकाको जितमा कप्तान टेम्बा बाभुमाले ४६ रन बनाए।

यस्तै विजयी इनिङ्स खेलेका डेभिड मिलरले अविजित २३ रन बनाए । कागिसो राबडा १३ रनमा अविजित रहे । एडिन मार्क्रम १९, रस्सी भान डेर १६, क्विन्टन डी कक १२ रिजा हेन्ड्रीक्स ११ रनमा आउट भए ।

श्रीलंकाका वाविन्दु हसरंगाले ह्याट्रिक विकेट लिए । दुश्मन्था चामिराले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा १० विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो ।

श्रीलंकाका पाथुम निशन्काले ७२ रनको अर्धशतकीय इनिङ्स खेले । चारिथ असन्काले २१ रन जोड्दा कप्तान डसुन शनकाले ११ रन बनाए ।

दक्षिण अफ्रीकाका ताब्रेज शाम्सी र ड्वाने प्रिटोरिओसले ३/३ विकेट लिए । एन्रिच नोर्कियाले २ विकेट लिए । जितसँगै दक्षिण अफ्रीकाले ३ खेलमा ४ अंक जोडेको छ ।

समूह १ को दक्षिण अफ्रीका तेस्रो स्थानमा रहेको छ । श्रीलंका ३ खेलमा २ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

इंग्ल्यान्डले लगातार तेस्रो जित
आईसीसी टी(ट्वान्टी विश्वकप क्रिकेटमा इंग्ल्यान्डले लगातार तेस्रो जित निकालेको छ ।दुबईमा शनिबार राति अष्ट्रेलियालाई ८ विकेटले हराउँदै इंग्ल्यान्डले तेस्रो जित निकालेको हो ।

अष्ट्रेलियाले दिएको १ सय २६ रनको लक्ष्य इंग्ल्यान्डले ११ ओभर ४ बलमा २ विकेट गुमाएर पूरा गर्यो ।

इंग्ल्यान्डको जितमा जोस बट्लरले अविजित रहदै ७१ रनको अर्धशतकीय इनिङ्स खेले ।

जासन रोयले २२ रन जोड्दा डाविड मालन ८ रनमा आउट भए ।

जोनी बेयर्सटो रनमा १६ रनमा अविजित रहे ।

अष्ट्रेलियाका एडम जाम्पा र एस्टन अगरले एक एक विकेट लिए ।

यस अघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले २० ओभरमा अलआउट हुँदै १ सय २५ रन बनाएको थियो ।

अष्ट्रेलियाका लागि कप्तान आरोन फिन्चले ४४ रन बनाए । एस्टन अगरले २० रन जोड्दा म्याथ्यु वेडले १८ रन जोडे ।

मिचेल मार्श १३, पाट कुमिन्स १२, ग्लेन म्याक्सवेल ६ र डेभिड वार्नर १ रनमा आउट भए ।

इंग्ल्यान्डका क्रिस जोर्डनले ३ विकेट लिए । क्रिस वोक्स र ट्यामल मिल्सले २र२ विकेट लिए ।

आदील राशिद र लियाम लिभिङस्टोनले १र१ विकेट लिए ।

जितसँगै इंग्ल्यान्ड सेमिफाइनल नजिक पुगेको छ ।

इंग्ल्यान्डले ३ खेलमा ६ अंक जोडेको छ ।

समूह १ मा इंग्ल्यान्ड शीर्ष स्थानमा रहेको छ ।

अष्ट्रेलिया ३ खेलमा ४ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

अष्ट्रेलियाको यो पहिलो हार हो ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  ६ : १६ बजे