१४ बैशाख २०८१, शुक्रबार | Sat Apr 27 2024

जापानमा आज संसदीय चुनाव



एजेन्सी ।
जापानमा आज नयाँ संसदका लागि चुनाव हुँदैछ । अहिले मतदान भइरहेको र स्थानीय समयअनुसार राति ८ बजेसम्म मतदान केन्द्र खुला रहने क्योदो न्युज एजेन्सीले जनाएको छ ।

यही महिना प्रधानमन्त्री बनेका फुमियो किसिदाले संसदको तल्लो सदनको समावधि सकिनुअगावै चुनाव घोषणा गरेका थिए । ‍चुनावमार्फत उनले आफ्नो कोभिड-१९ को नियन्त्रण, आर्थिक र सुरक्षा नीतिमा जापानीको समर्थन खोजेका छन् ।

४६५ सदस्यीय जापानको तल्लो सदनमा अहिलेको सत्तारूढ गठबन्धनले नै बहुमत ल्याउने विभिन्न सर्वेक्षणहरूले देखाएका छन् । ४६५ मध्ये २८९ सिटमा प्रत्यक्ष निर्वाचन हुन्छ भने बाँकी १७६ सांसद समानुपातिक निर्वाचन प्रणालीबाट आउँछन् ।

प्रकाशित मिति : १४ कार्तिक २०७८ आइतबार ००:००  ८ : ३० बजे