२७ असार २०८३, शनिबार | Sat Jul 11 2026

गाउँ जोगाउन जनश्रमदान

बबई ।कर्णाली नदीको कटानका कारण डुबानको उच्च जोखिममा रहेको बर्दिया र कैलाली सीमावर्ती गाउँहरू जोगाउन दैनिक तीन सयभन्दा बढी स्थानीय श्रमदानमा जुटेका छन् । बर्दियाको राजापुर नगरपालिका–४, दलैघाट क्षेत्रमा करिब एक दशकअघि तत्कालीन कर्णाली नदी व्यवस्थापन आयोजनाले निर्माण गरेको तटबन्ध जीर्ण भएपछि नदीले कटान सुरु गरेको हो । कटान तीव्र भएसँगै तटबन्ध बग्ने खतरा बढेको छ । स्थानीय…