गलकोट ।बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–२ रिनाम भन्ने स्थानमा गाडिएको अवस्थामा प्रहरीले बुधबार वेवारिसे एक पुरुषको शव फेला पार्यो। घटनाको प्रकृति हेर्दा हत्या गरेर गाडेको हुन सक्ने भन्दै बागलुङ प्रहरीले अनुसन्धानलाई अगाडि बढायो।शवको पहिचान नभएका कारण प्रहरीले देशभर सम्पर्कविहीन भएका मानिसको अवस्थाको विषयमा बुझ्न थाल्यो। प्रहरीलाई मृतकले लगाएको कपडाभित्रका कागजातले अनुसन्धानमा निकै सहज बनायो। वेवारिसे शवका…