१ कार्तिक २०८३, शनिबार | Sat Oct 17 2026

भूमिव्यवस्था मन्त्री अधिकारीद्वारा वाणगंगामा २८ जनालाई लालपुर्जा वितरण

बाबुराम रायमाझी, जितपुर । वाणगंगा नगरपालिका–७ मोतिपुर डाँडाका भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण–पुर्जा (लालपुर्जा) वितरण सुरु गरिएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री माननीय बलराम अधिकारीले शनिबार एक विशेष कार्यक्रममा २८ जना लाभग्राहीलाई जम्मा २ बिघा १३ कठ्ठा जग्गाको प्रमाण–पुर्जा हस्तान्तरण गर्नुभयो। मन्त्री अधिकारीले कार्यक्रममा सम्बोधन गर्दै मुलुकभर ७७ वटा…