काठमाण्डौ । संयुक्त अरब इमिरेट्स (यूएई)को आबुधाबीमा ड्रोन र मिसाइलको अवशेष खस्दा ७ जना नेपाली घाइते भएका छन् । घाइतेमध्ये ६ जना सामान्य छन् भने एकजनाको अवस्था गम्भीर छ । अज्बान क्षेत्रमा हवाई सुरक्षा प्रणालीले ड्रोन र मिसाइल अवरोध गरेपछि अवशेष खसेको गल्फ न्यूज डटकमले जनाएको छ । घटनामा ५ भारतीय नागरिक पनि घाइते भएका छन्…