१२ भदौ २०८३, शुक्रबार | Fri Aug 28 2026

उच्च अदालत सुर्खेतबाट जातीय विभेदको कसूर बदर, जन्मकैदको सजाय सदर

काठमाण्डौ ।उच्च अदालत सुर्खेतले जाजरकोटका नवराज विकसहित ६ जनाको हत्या भएको मुद्धामा जातीय छुवाछुत कसूरमा दिइएको सजाय बदर गरेको छ । उच्च अदालतका न्यायाधीशहरू सोमकान्त मैनाली र मातृकाप्रसाद भण्डारीको इजलासले मङ्गलवार घटनाका २३ प्रतिवादीलाई जातीय विभेदको कसूर बदर गरेको हो । उनीहरुविरुद्धको जन्मकैदको सजाय भने उच्च अदालतले सदर गरेको छ । उच्च अदालतका उप–रजिस्ट्रार प्रेमप्रकाश…