काठमाण्डौ । प्रमुख राजनीतिक दलहरूले देशको आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा ऊर्जा क्षेत्रलाई आफ्नो घोषणापत्रमा विशेष प्राथमिकतामा राखेका छन् । नेपाली कांग्रेसले ५ वर्षमा विद्युत् जडित क्षमता १४ हजार मेगावाट पुर्याउने, प्रतिव्यक्ति खपत ४ सय ५० युनिटबाट ७ सय ५० युनिट पुर्याउने, बुढीगण्डकी, दूधकोशी, पञ्चेश्वरजस्ता ठूला जलविद्युत् आयोजना अघि बढाउने र स्थानीय समुदायलाई १० प्रतिशत…