काठमाडौँ ।आश्विन शुक्ल पञ्चमी। नवरात्रको छैटौँ दिन भए पनि शनिबार पञ्चमी तिथि भएकाले नवदुर्गामध्येकी पाँचौँ रूप स्कन्दमाताको पूजा-आराधना गरिँदैछ। स्कन्दमाता भगवती पार्वतीकै रूप भएको पुराणमा उल्लेख छ। स्कन्दकुमार (कुमा) की माता भएकीले यिनको नाम स्कन्दमाता रहेको बताइन्छ। गोरो वर्ण, चार हात भएकी यिनको काखमा ६ मुख भएका स्कन्दकुमार छन्। यिनको यो स्वरूपलाई मातृरूप मानिन्छ। कमलको…