बुटवल ।गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान नियमित नभएको भन्दै रुपन्देहीका उद्योगी–व्यवसायी आन्दोलनमा उत्रिएका छन् । रुपन्देहीमा रहेका ३२ वटा संघसंस्था आवद्ध सिद्धार्थ सञ्जाल रुपन्देहीले पूर्वघोषित कार्यक्रमअनुसार शुक्रबार भैरहवामा सडकमा उत्रिएर आन्दोलन थालेको हो । भैरहवाको देवकोटा चोकबाट सुरु भएको विरोध प्रदर्शन बैंकरोड, मिलनचोक, नारायणपथ हुँदै बुद्धचोकमा पुगेर टुंगिएको थियो । आन्दोलनमा उत्रिएका उद्योगी-व्यवसायीले विमानस्थलमा अध्यागमन, भन्सार,…