काठमाण्डौं । नेकपा एमाले कोशी प्रदेश कमिटीको प्रथम अधिवेशनमा निर्वाचन प्रक्रिया सुरू भएको छ। शुक्रबार सुरू भएको अधिवेशनमा केहीबेरअघि राजनीतिक प्रतिवेदनहरूमाथिको छलफल सकिएपछि निर्वाचन कार्यतालिका प्रकाशन भएको छ। निर्वाचन कार्यक्रम अनुसार शनिबार ४ः३० बजेसम्म उम्मेद्वारी मनोनयनको समय तोकिएको छ। उम्मेदवारी दर्ता भइसकेपछि आजै साँझ ५ः३० बजे उम्मेदवारहरूको नामावली प्रकाशन गर्ने कार्यसूची छ। मतदान भने आइतबार…