म्याग्दी ।मुुस्ताङको वारागुुङ मुक्तिक्षेत्र गाउँपालिका–४ को कागखोलालाई पुुरानै धारमा फर्काइएको छ । गएको साउन २८ गते कागखोलामा आएको बाढीले कागबेनीमा भौतिक संरचनामा ठूूलो क्षति पुुर्याएको थियो। बाढीले कटान गरेर बस्तीमा पसेको कागखोलालाई पुुरानै धारमा फर्काएर बगाइएको वारागुुङ मुक्ति क्षेत्र गाउँपालिकाका अध्यक्ष रिनजिन गुुरुङले जानकारी दिनुुभयो । 'करिब २० दिन डोजर परिचालन गरेर खोलालाई प्राकृतिकरूपमा बगेको…