१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

युक्रेनसँग रोकियो इंग्ल्याण्ड



काठमाडौं ।
युरो २०२४ कझ छनोट अभियानमा इंग्ल्याण्डको लगातार चार जितको यात्रामा ब्रेक लागेको छ । छनोटको समूह सी अन्तर्गत शनिबार राति पोल्याण्डमा भएको खेलमा इंग्ल्याण्ड युक्रेनसँग १-१ को बराबरीमा रोकियो ।

खेलमा युक्रेनले पहिले अग्रता लिएको थियो । २६औं मिनेटमा अलेकजान्डर जिनचेन्कोले गोल गर्दै युक्रेनलाई अग्रता दिलाएका थिए । तर ४१औं मिनेटमा इंग्ल्याण्डका काएल वाल्करले गोल गर्दै खेल बराबरी गरे ।

यस बराबरीपछि समूह सी मा इंग्लयाण्डको ५ खेलबाट १३ अंक भएको छ र शीर्ष स्थानमै कायम छ ।

युक्रेन ४ खेलबाट ७ अंकसहित दोस्रो स्थानमा छ ।

यसै समूहको अर्को खेलमा इटली नर्थ मेसेडोनियासँग १(१ को बराबरीमा रोकिएको छ । सिरो इम्मोबाइलले ४७औं मिनेटमा गोल गर्दै इटलीकालाई अग्रता दिलाए पनि अन्तिसम्म कायम राख्न सकेन ।

नर्थ मेसेडोनियाका लागि ८१औं मिनेटमा एनिस बार्दीले बराबरी गोल गरे ।

बराबरीपछि ३ खेलबाट ४ अंकसहित इटली तेस्रो स्थानमा छ भने ४ खेलबाट उति नै अंक रहेको मेसेडोनिया चौथो स्थानमा छ ।

प्रकाशित मिति : २४ भाद्र २०८० आइतबार ००:००  ७ : १३ बजे