गुल्मी । लगातार वर्षाको कारण अवरूद्ध कालीगण्डकी करिडोर र मदनभण्डारी राजमार्ग सञ्चालनमा आएको छ । कालीगण्डकी करिडोर सडकको गुल्मीखण्ड अन्तर्गत कालीगण्डकी गाउँपालिका–२ राक्सेमा सडक माथिबाट पहिरो खसेपछि हिजो बिहानदेखि सडक पूर्ण रुपमा अवरुद्ध थियो । सडकमा थुप्रिएको पहिरो पन्छाएपछि आज बिहानदेखि सडक पूर्ण रुपमा सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर…