४ फाल्गुन २०८२, सोमबार | Mon Feb 16 2026

पाणिनीमा पहिरोले घर पुर्दा तीन बालबालिकाको मृत्यु

अर्घाखाँची ।अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पहिरोले घर पुरिँदा तीन बालबालिकाको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । पाणिनी गाउँपालिका-१ पणेनाको गोवनपानी गाउँमा गंगा रास्कोटीको घर पहिरोले पुरिँदा तीन बालबालिकाको ज्यान गएको वडाअध्यक्ष कमलप्रसाद पोखरेले जानकारी दिए । तीन बालबालिका गंगा रास्कोटीका नातिनातिना हुन् । घटनामा १० वर्षीय धनबहादुर रास्कोटी, १२ वर्षीय खुमबहादुर रास्कोटी…