२३ असार २०८३, मंगलबार | Wed Jul 8 2026

१० दिनमा माग पूरा नभए आन्दोलन गर्ने विप्लवको चेतावनी

काठमाडौं ।नेकपा (माओवादी) का महासचिव नेत्रविक्रम चन्द विप्लवले १३ सूत्रीय मागहरुबारे १० दिनभित्र छलफल नभए परिवर्तनकारी आन्दोलन गर्ने चेतावनी दिएका छन्। बिहीबारबाट शुरु भएको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन्। उनले देशलाई अग्रगामी निकासतिर लैजान जरुरी रहेको र त्यसका लागि सर्वपक्षीय सरकार जरुरी रहेको बताए। उनले समाजवादी संघीयता आजको नेपालको ढाँचा…