३ चैत्र २०८२, मंगलबार | Tue Mar 17 2026

सडक दुर्घटनामा दुईको मृत्यु



उर्लाबारी। पूर्वपश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा –८ मा बिहीबार साँझ मोटरसाइकललाई बसले ठक्कर दिँदा मोटरसाइकल चालक इटहरी –८ सुनसरी ५१ वर्षीय कमल कोइरालाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक राजीव गिरीका अनुसार पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको को.३१ प ५३९० नम्बरको मोटरसाइकललाई सोही दिशा तर्फ जाँदै गरेको बा.प्र. ०३–००१–ख १६०२ नम्बरको यात्रुवाहक बसले ठक्कर दिँदा मोटरसाइकल चालकको घटनास्थलमै मृत्यु भएको हो ।

मोटरसाइकल चिप्लिएर लडेपछि पछाडीबाट आउँदै गरेको बसले ठक्कर दिएको स्थानीयले बताएका छन् । मोरङको बेलबारी –४स्थित कसेनी माध्यमिक विद्यालयका शिक्षक कोइराला केही वर्ष इटहरी बसाई सरी जानुभएको थियो ।

यसैगरी, बुधबार राति पथरी– जाँते सडक खण्डअन्तर्गत जाँते–९ मा मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक पथरीशनिश्चरे –१० का ३२ वर्षीय विजय गुरुङको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय लेटाङका अनुसार जाातेबाट पथरी तर्फ जाँदै गरेको मे.६ प २५९४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक गुरुङ गम्भीर घाइते हुनु भएको थियो ।

उहाँको उपचारका क्रममा विराटनगरस्थित न्युरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकलको पछाडि बस्नु भएका २७ वर्षीय अरुण गुरूङको न्युरो अस्पतालमा उपचार भइरहेको छ । 

प्रकाशित मिति : २५ पुस २०८२ शुक्रबार ००:००  १० : २० बजे