रामेछाप । रामेछापको सुनापाती गाउँपालिका लुभुघाटमा आज मङ्गलवार बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या १३ जना पुगेको छ । नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेको अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । अन्य २२ जना घाइते छन् । सामान्य घाइते भएका गाडी चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका…