काठमाडौं ।
काठमाडौं उपत्यकामा थप दुई जनामा हैजा भेटिएको छ। योसँगै काठमाडौंमा हैजा संक्रमण पुष्टि हुनेको संख्या १९ पुगेको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासका अनुसार कागेश्वरी मनहरा नगरपालिकामा दुई बालकमा हैजा पुष्टि भएको हो।
डा चुमनलाल दासकाअनुसार कागेश्वरी मनहरा नगरपालिका–६ का ४ र ६ वर्षका बालकमा हैजा भेटिएको हो। उनले ती दुवै बालक स्थानीय अस्पतालमा उपचारपछि घर फर्किएको बताए। यसअघि शुक्रबार काठमाडौंको कीर्तिपुर, कागेश्वरी मनोहरा र टेकुमा १(१ जनामा संक्रमण देखिएको थियो। स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। चुमनलाल दासले प्राय सबैमा दुषित पानीका कारण हैजा देखिएको जानकारी दिए।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल०ले वितरण गरेको केही ठाउँको पानीमा पनि इकोलाई भेटिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हैजा रोगको रोकथाम तथा नियन्त्रणको लागि सतर्क रहन आम नागरिकलाई आग्रह गरेको छ।
हैजासम्बन्धी कुनै पनि लक्षण देखिएमा तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा सम्पर्क राख्न र गर्मी तथा वर्षायाममा वशेष गरी झाडापखालाका, हैजा तथा पानी जन्य रोगहरू फैलने हुँदा सम्पूर्ण सरोकारवालाहरू सजग र सतर्क रहन भनेको छ।







प्रतिक्रिया