काठमाडौं ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले हदबन्दी लागेर सार्वजनिक र मन्दिरका नाममा छुट्ट्याइसकेको जग्गा गैरकानुनी रूपमा व्यक्तिका नाममा दर्ता गराएको आरोपमा ५ जनाविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। अख्तियारले बुधबार नागरिक उड्डयन प्राधिकरणबाट मुआब्जा रकम लिने-दिने गतिविधिमा संलग्न रहेको आरोपमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख मालपोत अधिकृत सहित ५ जनाविरूद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।…