मायादेवी अनलाइन, चन्द्रौटा ।कपिलवस्तुको शिवराज नगरपालिका–२ बालापुर मिलनचोकमा अटोको ठक्करबाट तीन वर्षीय बालकको मृत्यु भएको छ। शुक्रबार हल्लानगरबाट २ नम्बर टोलतर्फ जाँदै गरेको लु.प्र.०१–००१ ह १३७८ नम्बरको अटोले बाटो काट्दै गरेका स्थानीय तिर्सना सेन ठकुरीका तीन वर्षीय छोरा शिवम सेन ठकुरीलाई ठक्कर दिएको हो। अटोको ठक्करबाट टाउको र अनुहारमा गम्भीर चोट लागेका शिवमलाई चन्द्रौटास्थित सञ्जीवनी…