काठमाण्डौ ।अर्थ मन्त्रालयले आउँदो आर्थिक वर्ष ०७९/८० को बजेट निर्माणका लागि सुझाव सङ्कलन गर्न टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको छ । आउँदो आर्थिक वर्षको बजेट निर्माणमा जुटेको अर्थ मन्त्रालयले विषयगत छलफलमा बोलाइने विज्ञ र सरोकारवाला क्षेत्रका प्रतिनिधिबाहेक दुरदराजका सर्वसाधारणको सुझावसमेत सङ्कलन गरी बजेटमा सम्बोधन गर्ने प्रयासका लागि टोल फ्री नम्बर ११३८ सञ्चालनमा ल्याएको हो…