काठमाडौं ।नेकपा एमालेका वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन्। निर्वाचन समितिले तोकेको समयभित्र अन्य उम्मेदवारको मनोनयन दर्ता नभएपछि पोखरेलसहित पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन्। महासचिव पदमा शंकर पोखरेल निर्विरोध निर्वाचित हुने भएका छन्। महासचिव पदमा पनि कसैको उम्मेदवारी दर्ता भएको छैन। त्यसैगरी तीनजना उपमहासचिव पनि निर्विरोध निर्वाचित हुने भएका छन्।…