२ जेष्ठ २०८१, बुधबार | Wed May 15 2024

चित्र बहादुर केसी भोलि कपिलवस्तु आउने



मायादेवी अनलाइन, चारनम्बर ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी मंसिर १४ गते (भोलि) कपिलवस्तु आउनु हुने भएको छ । जिल्लाको बाणगंगा नगरपालिका वडा नम्बर ४ निवासी पार्टीकी नेतृ चन्द्रवदन श्रेष्ठको श्रद्धाञ्जली सभामा सहभागी हुन केसी कपिलवस्तु आउन लाग्नु भएको हो । जिल्ला सचिव दल बहादुर कँवरका अनुसार पार्टी अध्यक्ष केसी र मिना पुन विहान ११ बजे ठाकुरापुरमा आइपुग्नु हुने छ ।

पंचायतकालदेखि पार्टीमा लागि योगदान दिनुभएका श्रेष्ठको मंसिर १० गते ८१ बर्षको उमेरमा निधन भएको थियो । उहाँ राष्ट्रिय जनमोर्चा कपिलवस्तुका सल्लाहकारसमेत हुनुहुन्थ्यो । भोलिको कार्यक्रममा अरु केन्द्रियस्तरका नेताहरु पनि आउने भएकाले जिल्लाका नेता कार्यकर्ताहरुलाई श्रद्धाञ्जली सभामा सहभागिताको लागि कुँवरले आग्रह गर्नुभयो ।

प्रकाशित मिति : १३ मंसिर २०७८ सोमबार ००:००  ७ : ४६ बजे